नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित

२६ असार २०७७, शुक्रबार १२:१८

काठमाडौं , नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक एक साताका लागि स्थगित भएको जानकारी दिनु भयो । श्रेष्ठले ट्वीटरमार्फत यस्तो जानकारी दिनु भएको हो ।

देशभर भैरहेको वर्षा र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टी पंत्तिलाई उद्धार एवं राहातमा जुट्न निर्देशन दिँदै बैठक स्थगित गरिएको श्रेष्ठले बताउनु भयो ।