सरिता गिरीलाई पार्टीबाट निस्कासन , सांसद पद पनि गुम्यो

२३ असार २०७७, मंगलवार १७:२८

काठमाडौं ,समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीबाट निस्कासन गरिएको समाजवादी पार्टी स्रोतले जनाएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिन नेपालले उक्त क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतको पक्षमा उभिएकी उनलाई समाजवादी पार्टीकै कार्यदलले आजै कारबाही गर्न सिफारीस गरेको थियो । सोही अनुसार पार्टीले कारबाही गरेको जनाइएको छ ।

भारतको बिहारमा माइत भएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरिएपछि उनलाई पार्टीले कारबाही गरी पार्टीबाट निकालिनुका साथै सांसद पदसमेत गुमेको छ ।