समुदायमा कोरोना फैलिएपछि विराटनगरमा दुई साता लकडाउन

१६ श्रावण २०७७, शुक्रबार १६:३४

काठमाडौं, विराटनगर महानगरपालिकाले थप दुई साता लकडाउन गर्ने निर्णय गरेको छ। समूदायमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै महानगरले शनिबारदेखि दुई साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

महानगरपालिकाका मेयर भीम पराजुलीले समुदायमै कोरोना भाइरसको संक्रमित देखिएपछि लकडाउन घोषणा गरिएको बताउनु भयो ।

उहाँले संक्रमितको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको र ट्राभल हिस्ट्री नभएकाहरुमा पनि संक्रमण देखिएपछि महानगरपालिकाभित्र लकडाउन गर्ने निर्णयमा पुगेको बताउनु भयो ।