बालुवाटारमा निर्णायक वार्ता सुरु

२१ असार २०७७, आईतवार १४:१९

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक कलहले जटिल रुप लिएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा निर्णायक वार्ता सुरु भएको छ ।

बालुवाटारको निर्णायक वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल बसेका छन् । प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी भएको बालुवाटार स्रोतले जानकारी दियो ।