पुष्पलालले जनतालाई पुर्याएको योगदान कहिल्यै भुल्न नहुनेः खनाल

७ श्रावण २०७७, बुधबार १२:४०

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत भन्दै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने बताउनु भएको छ । आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको बताउनु भयो । उहाँले पुष्पलालले नेपाल र नेपाली जनतालाई पुर्याएको योगदान कहिल्यै भुल्न नहुने बताउनु भयो ।