नेताहरु तपाईहरु हार्नुस् तर पार्टी र देशले हार्नु हुदैनः नेता डिलाराम आचार्य

८ श्रावण २०७७, बिहीबार १६:४४


काठमाडौ , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य डिलाराम आर्चायले नेकपा भित्रको विवादका बिषयमा पार्टी र देश हार्न नहुने नेता हार्दैमा केहि फरक नपर्ने बताउनु भएको छ । आज काठमाण्डौ स्थित संवाद क्लव नेपालमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो । लामो समय सम्म पार्टीको लागी त्याग , तपस्या र बलिदान गर्ने, नेता तथा कार्यकर्ताहरुको जनभावना समेटेर शीर्ष नेतृत्व अघि बढन नसकेकोमा नेता आर्चायले गुनासो पोखनु भयो । नेता आचार्यले शीर्ष नेताको नामै तोकेर भन्नु भयो , केपी शर्मा ओली , पुष्पकमल दाहाल , माधव कुमार नेपाल , झलनाथ खनाल , बामदेव गौतम , नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु तपाईहरु हार्नुस् तर पार्टी र देशले हार्नु हुदैन, । ’’ दुई पार्टी बीच भएको एकताले बनेको नेकपा बलियो हनु पर्नेमा कमजोर हुदै गइरहेको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नु भयो ।

शीर्ष नेताहरु झिना मसिना कुरामा नअल्झि पार्टी एकता र जनभावनाको कदर गरी अघि बढनु पर्ने बिचार नेता आचार्यले राख्नु भयो । सवै एकजुट भएर देशमा भएको बेथिति, भष्टाचार निर्मूल पार्नु पर्ने कुरामा उहाँले जोड दिनु भयो । फुटेर होइन, जुटेर मात्रै सरकारले अघि सारेको बिकास र समृद्धिको यात्रालाई पुरा गर्न सकिने नेता आचार्यको कथन थियो । कहिले बालुवाटार , कहिले भैसेपार्टी , कहिले खुमलटारका कोठे बैठकले मात्रै समस्याको समाधान नहुने बिचार उहाँले ब्यक्त गर्नु भयो । पत्रकारहरुले पार्टी फुटछ की फुटदैन भनेर सोधेको प्रश्नको उत्तर दिदै नेता आचार्यले भन्नु भयो, शीर्ष नेताहरुले त्याग गर्न सके पार्टी फुटने होइन, झन बलियो भएर जान्छ ।,” जनअपेक्षा अनुरुप कामहरु अगाडी बढन् नसक्दा पछिल्ला दिनहरुमा केहि आलोचना , आर्कोश र बिरोधका आवजहरु पनि उठन थालेको नेता आचार्यले बताउनु भयो । यस बिषयमा सरकार गम्भिर हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।