गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

१९ असार २०७७, शुक्रबार ११:३२

काठमाडौं , गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ जना संक्रमितहरु थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। नयाँ संक्रमितमध्ये नवलपरासी पूर्वका १९ जना , तनुहँका ९ जना, पर्वतका ३ जना र बागलुङका १ जना रहेका छन्।