आज प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना

३१ असार २०७७, बुधबार ०९:१५

काठमाडौं , बुधबार देशका केही स्थानको मौसममा बदली रही पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले आज गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा मात्र हल्का पानी परिरहेको छ । मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको विभागले जनाएको छ ।

आज दिउँसोपछि देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । भने अन्य स्थानमा हल्का बदली मात्र हुने जनाइएको छ ।

त्यस्तै आज राति पनि देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा मात्र पानी पर्ने सम्भावना रहेको छ । आज राति प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने मौसम विभागले जनाएको छ । भोलि बिहिबार पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का पानी पर्ने जनाइएको छ ।