आज थप १६७ जना संक्रमित, कुल संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

१ श्रावण २०७७, बिहीबार १६:४४

काठमाडौं , बिहीबार १६७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १७ हजार ३४४ जना पुगेको छ ।

यसैगरी, ११ हजार २४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका हुन् । यही संक्रमित मध्येबाट ३९ जनाको मृत्यु भएको छ ।