आज थप १०० जना संक्रमित, कुल संक्रमितको संख्या १८ हजार ९४ पुग्यो

७ श्रावण २०७७, बुधबार १७:२०

काठमाडौं , बुधबार १०० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज १०० जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १८ हजार ९४ जना पुगेको छ ।

पछिल्लो पटक बुधबार १०० जना संक्रमित थपिएका हुन् । यसैगरी, १२ हजार ६८४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा। गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट एक चिनियाँ नागरिसहित ४२ जनाको मृत्यु भएको छ ।