अब अन्तर बैंकका एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने

३१ असार २०७७, बुधबार १७:०२

काठमाडौं , साउन १ गते बिहीबारबाट अन्तर बैंकका एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ । नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार संयुक्त रुपमा विज्ञप्ति निकालेर जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लिने वा नलिने बिहीबारबाट सम्बन्धित् बैंक तथा वित्तिय संस्थाले स्वयमले निर्णय लिन सकिने जानकारी गराएको हो ।इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कको बिषयमा पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।