विदुर नगरपालिकामा कर्फ्यु

१६ श्रावण २०७७, शुक्रबार १६:५४

नुवाकोट, नुवाकोटको विदुर नगरपालिका–८ मा निषेधाज्ञा जारी गरिएको छ । यसअघि नुवाकोटकै सुर्यगढी गाँउपालिकामा जिल्ला प्रशासन कार्यालय नुवाकोटले लगाएको निषेधाज्ञा जारी छ ।

विदुर नगरपालिका– ८ का २७ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नका लागि उक्त वडाको केउरेनी आसपासको चार किल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । कोरोना संक्रमित हुनेहरुको संख्या बढ्न थालेपछि प्रशासनले सम्बन्धित क्षेत्रमा निषेधाज्ञा जारी गर्न थालेको हो ।