चार लाख घुससहित २ जना प्रकाउ

१३ श्रावण २०७७, मंगलवार १५:५५

बुटवल , गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा विमानस्थल आयोजनाका लागि जग्गा अधिग्रहणमा सहजीकरण गरिदिने भन्दै रकम लिने दुई जनालाई अख्तियारले प्रकाउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका टोलीले विमानस्थलका कार्यालय सहयोगी विश्वनाथ यादव र मतियार स्थानीय महेन्द्र प्रसाद यादवलाई ४ लाख घूस रकमसहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता सुरेश भुसालका अनुसार विमानस्थल आयोजनाका लागि जग्गा अधिग्रहण गरेपछि मुअब्जा दिलाउन सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा उनीहरुलाई रंगेहात प्रकाउ गरिएको हो ।

उनीहरु दुवै जनालाई अख्यियारको कार्यालय बुटवलमा ल्याएर थप अनुन्धान शुरु गरिएको भुसालले बताउनु भयो ।