आखिर कहिलेसम्म यो आन्तरिक कलह ?

२६ असार २०७७, शुक्रबार १७:१९

अमृता महत,

नेपालीमा एउटा भनाइ छ “ भाइ फूटे गवार लुटे ”जब आफन्त आफन्त बीचमा मनमुटाव हुन्छ तब तेस्रो मान्छेले त्यसको गलत फाइदा उठाउँछ । भन्ने गरिन्छ अरु बेला जे जस्तो भए पनि आपत्को बेला आफ्नो परिवारको आवश्यकता पर्दछ । परिवार एक भएर सामाना गरियो भने जस्तोसुकै आपत्को पनि सजिलै सामाना गर्न सकिन्छ तर आपत्को बेला परिवार नै आपसमा मनमुटावमा लागे भने के हेला ?? चाहे भोक होस् वा रोग जेसुकैसँग लड्न पनि पारिवारिक एकताको आवश्यकता पर्दछ । तर यहाँ परिवार मिलेर विपत्को सामना गर्नुभन्दा पनि परिवारका सदस्य नै आफ्नो व्यक्तिगत स्वार्थ र आपसी खिचातानीमा लागेको अनुभव भैरहेको छ ।
हामी सबैलाई थाहाँ नै छ आज विश्व कोरोना महामारीको चपेटामा छ , कोरोनाबाट पाँच लाख भन्दा बढी मानिसहरुको मृत्यु भैकेको छ करौडौ सक्रमित भएका छन् भने यसको सङ्क्रमण दर रोकिएको छैन । अति बिकसीत युरोपियन राष्ट्रदेखि हाम्रो जस्तो विकसित देशहरु प्नि यसको मारमा छन् । वास्तबमै आज विश्वभ्रमण गरिरहेको कोरोना भाइरसले आजको विश्व , विज्ञान र प्रविधिलाई नै चुनौती दिएको छ । घरमै बसेर , सामाजिक दुरी कायम गरेर यसबाट बच्न सकिने हुनाले विश्वले लक डाउनको निती अपनाएको छ तर पनि कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा आएको छैन । मानिस घरमै बसेर विस्तार मनोरोगी हुदैँछ , मानिस लकडाउनको विकल्प खोज्दैँ छ अझ भनौँ भने मानिस कसरी बाँच्ने भन्ने विकल्प खोज्दैँ छ । तीन महिना देखि व्यापार व्यवसाय, उद्योग कलकारखाना बन्द छन्, मानिसका गोजी रित्तो हुदै छ्न् , बैँकमा खाता रित्तो हुदँै छ । बाध्यतात्मक अवस्थामा कतिपयले आत्महत्यालाई विकल्पको रुपमा लिदैँ छन् जुन हामी सबैकालागि दुखका कुरा हो ।
सम्माननीय नेता ज्यूहरु तपार्इँहरु कता हराउँदै हुनुहुन्छ आज जनता भोक, रोग र गरिबीले पिल्सिदै छन् । क्रृण लिएर भर्खर व्यवसाय सञ्चालन गरेकाहरु व्यवसायीहरु बैकको किस्ता तिर्न नसकेर चिन्तीत छन् ,विदेशमा युवाहरु भोकै छन् स्वदेशमा भेन्डिलेटरको मुखै नदेखि कति कोरोना सङ्क्रमितले मृत्यु वरण गरे होला विदेशबाट आफ्नो मातृभूमी फर्किएका गर्भवती महिलाहरुले कोरेन्टाइनमा व्यवस्थित रुपमा बस्न पाएनन् , पौष्टिक तत्वयुक्त खानेकुरा खान पाएनन् भनेर समाचार आइरहन्छ , तपार्इँहरुले अब कृषि क्रान्ती गर्नुपर्छ भनेको सुन्छु यता सलहले किसानलाई त्राहिमाम बनाईसक्यो , शत्रृले सीमानामा मिचिसक्यो तर तपार्इँहरु कहाँ अल्झिरहनुभएको छ ? यो समय त देश र जनताको रक्षा कसरी गर्ने भन्ने समय हैन र ? कतै तपार्इँहरुलाई विश्वमा भएका यस्ता घटनाहरु दिवा सपनाजस्तो त लागिरहेको छैन ??? तपार्इँहरु सबै कुरा बुझिरहनुभएको छ वा बुझेर बुच पचाइ रहनु भएको छ ।
देशले लामो समय पछि काचुली फेरयो , देशमा लोकतन्त्र आयो गणतन्त्र आयो जनताले अब विकासको गति अघि बढ्ला , देशको मुहार फेरिएला भन्ने सोचेर ठुलो कष्ट सहेर आफ्नो जिउ ज्यानको बाजी लगाएर ,रगतको होली खेलेर, प्राणको आहुती दिएर देशमाा लोक तन्त्र र गणतन्त्र ल्याने ती महान् शहिदको आत्माले के भन्दै होला ????? संविधान बन्यो अब देशमा विकासका कार्य अघि बढ्लान् भन्ने कुरा त एकादेशको कथा होला जस्तो लाग्न थालेको छ । यो महामारीमा तपाईँहरुले सत्ताकालागि गरिरहनु भएको मनमुटाव ले त “काम कुरो एकातिर कुम्लो बोक्यो ठिमीतिर” भने जस्तो भएको छ । हेर्नुहोस् एकअर्काको कमी कमजोरी खोजेर कसैलाई सा्त्ताच्यूत गराउने मेलोमेसो मिलाउन भन्दा गल्ती कमजोरीलाई औलाएर सुधार गर्न सल्लाह सुझाब दिनुहोस् । राजनितीको बारे हामीलाई भन्दा तपार्इँहरुलाई धेरै थाँहा होला तर आपत्को बेला आपसी मनमुटाब गरी , एक अर्कालाई दोषारोपण गर्नुभन्दा देश र जनताको हित कसरी हुन्छ ??? यो महामारीको समयमा उद्योग ,व्यापार, तथा निजी क्षेत्रमा कार्य ठप्प भएर आम्दानी शून्य भएर निराश भएका मनहरुलाई सान्तवनाका शब्द नै भएपनि प्रवाह गर्नुहोस् ।
सम्माननीय नेता ज्यूहरुहरु आज जनता भोक, रोगले पिल्सीएको बेला राज्यले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्छ । जनताहरुले ठुलो आशा र विश्वास लिएर तपार्इँहरुलाई त्यहासम्म पुराएका हुन् । तपार्इँहरुको राजनितीक खिचातानीले आज जनता आजित भैसके , जनताहरुको राजनितीप्रतीको आस्था नै हराइसक्यो अझ यस्तै भयो भने राजनितीको परिभाषा नै परिवर्तन हुने अवस्था आइसक्यो । भन्ने गरिन्छ मानिसलाई दु ःख मा गुन लगाउन सकियो भने त्यो कहिल्यै बिर्सदैन हो यो समयमा तपार्इँले जनताहरुलाई राज्य जनताको साथमा छ भन्ने कुराको प्रत्याभूती दिलाउन सक्नुपर्छ , जनतालाई यो महामारीमा कसरी धैर्यता र साहसले काम गर्न सक्छ भन्ने कुरा बुझाउन सक्नुपर्छ । तपार्इँहरु जनताको पक्षमा काम गर्नुहोस् जनताको मन जित्नुहोस् जनता सधै तपाईहरुँको साथमा हुनेछन एउटाकुरा याद राख्नुहोस् जनताले रुचाएका नेता जनताको नजरमा सधै जिवीत हुन्छन् ।
हेर्नुहोस् जनताको मन जितेर गरेकोे राजनिती जस्तो बलियो कुनै पनि हुदैँन ।
आज पार्टीगत ,दलगत वा व्यक्तिगत स्वार्थमा अल्झिएर बस्ने भन्दा पनि धैर्यता र साहसले यो महामारीको सामाना गर्ने समय हो । आज तपार्इँहरु यसरी आपसी वादविवादमा अलिझएर बस्नुभयो भने जनतलाले के सोच्लान् ,रगत बगाएका शहिदका आत्माले के सोच्लान् । आज राजनितीक किचलोमा अल्झिनुभन्दा पनि देश र जनताका बारेमा सोच्ने समय हो अझ समय छ आउनुहोस् सगँै हातेमालो गरौँ । कोही भोकै बस्न नपरोस् , कसैले अरुको भाग खोसेर नखाओस् ,कसैले औषधीको अभावमा मृत्यु वरण गर्न नपरोस् । यदि अब पनि हामीले ढिला गर्याै भने विपक्षीहरु सक्रिय हुनेछन् । जनताहरु सधैँ यसरी चुप बस्ने छैनन् । भोली यस्तो दिन नआओस् कि तपार्इँहरुको सत्ता कै लागि गरिएको खिचातानीका कारण अर्काे क्रान्ती जन्मियोस् र देश फेरी गृहयुद्घमा फसोस ्। त्यसैले यो सबै जुटेर अघि बढ्ने समय हो फुटेर हैन । यो कुरालाई गुरु मन्त्र मानेर भएका स्रोत साधनको प्रयोग गरेर बाचाँै र बचाऔँ ।