
काठमाडौं , सोमबार ४७६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४७६ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १३,२४८ जना पुगेको छ । पछिल्लो पटक सोमबार ४७६ जना संक्रमित थपिएका हुन् । यसैगरी, ३,१३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट २९ जनाको मृत्यु भएको छ ।
