
काठमाडौं , काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा बिहीबार मध्येरातमा गोली चलेको छ ।
बोधिचित्त लुटपाटको सूचना पाएर गाउँमा पुगेको प्रहरी र हतियारधारी समूहबीच जम्काभेट भएपछि गोली चलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीले बाटोमा बम जस्तो देखिने वस्तु समेत वेवारीसे अवस्थामा फेला पारेको बताएको छ । प्रहरीले घटनामा पाँच जना घाइते भएको बताएको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
मध्येराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको र घटनाको अनुसन्धान भै रहेको प्रहरीले बताएको छ ।
