

मकवानपुर , मकवानपुरको भीमफेदी गाउँपालिका देउरालीमा पहिरो खसेपछि हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध भएको छ ।
सडक खुलाउन पहिरो हटाउने प्रयास भए पनि हिजो ठूलो पानी परेपछि नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।देउरालीमा पहिरो खसेपछि सिस्नेरी – फाखेल सडकमा पनि गाडी चल्न सकेका छैनन् ।