
काठमाडौं , गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विहान जारी गरेको विज्ञप्ती अनुसार स्याङ्जाका १२ जना र नवलपरासी पूर्वका ८ जना कोरोना संक्रमित थपिएको जनाएको छ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको मन्त्रालयले जनाएको छ।

