
संखुवासभा , संखुवासभाको कासुवा खोला आइतबार बिहान झरेको पहिरोले थुनिएको छ ।
बिहान करिब साढे ९ बजेतीर झरेको पहिरोले मकालु गाउँपालिका २ र ५ जोड्ने कासुवा खोला थुनिएपछि आसपासका दुई घरका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
‘जोखिममा रहेका घरमा क्षति नभएको भएपनि परिवारलाई सुरक्षित स्थानमा लगिसकेका र अन्य पनि जोखिममा छन् कि भन्ने बारे खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले बताएको छ । आंशिक रूपमा मात्रै नदी थुनिएकोले तत्काल हटाउनु नपर्ने अवस्था नरहेको प्रहरीले बताएको छ ।
संखुवासभाका डिएसपी नवराज मल्लका अनुसार घटनास्थलमा सेना र प्रहरीको टोली जाँदै गरेको छ। कासुवा खोला अरूणमा मिसिने खोला हो।
