
काठमाडौं , शुक्रबार थप ४४८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज ४४८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ५०६२ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार ४४८ जना संक्रमित थपिएका हुन् । यसैगरी, ८७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । ती मध्ये ७८६ पुरुष र ९१ जना महिला रहेका छन् । साथै, यही संक्रमित मध्येबाट १६ जनाको मृत्यु भएको छ ।
