
काठमाडौं , नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक बिष्णु प्रसाद शर्माले समाजवादी दलकी सांसद सरिता गिरीले सांसद पद नैतिकताका आधारमा त्याग्नु पर्ने बताउनु भएको छ । आयो खवर डटकम संग कुरा गदै शर्माले लिम्पियाधुराको बिषयमा विवादास्पद अभिव्यक्ति दिएकी सांसद गिरी सांसद जस्तो गरिमामय पदमा बस्ने नैतिक आधार नरहेको बताउनु भएको हो ।
लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने व्यक्ति संसदमा रहने नैतिक आधार नभएको शर्माको भनाई छ । गिरीले सांसद पद छाड्नु पर्ने शर्माले बताउनु भयो । सांसद जस्तो गरिमामय पदमा रहेको ब्यक्तिले कुनै कुरा नवुझिकन जथाभावी बोल्दै हिडनु गैरजिम्मेवारी भएको भन्दै केहि बिषयलाई लिएर नेपाली नागरिकहरुले धर्यता गुमाई कोही कसैको ब्यक्तिगत धन सम्पतिमा क्षति पुयाउनु राम्रो नभएको शर्माको भनाई छ ।
