
काठमाडौं , बुधबार थप २७९ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज २७९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ४३६४ जना पुगेको छ । पछिल्लो पटक बुधबार २७९ जना संक्रमित थपिएका हुन् । यसैगरी, ६७४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
