प्ले कार्डसहित प्रदर्शनमा उत्रिए नेपालगञ्‍जका उद्योगी, व्यवसायी

२२ जेष्ठ २०७७, बिहीबार १३:०९

बाँके, नेपालगन्जका उद्योगी, व्यावसायी प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका छन्। सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै उद्योगी, व्यवसायीले विहीवार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।

२५ जेष्ठभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरि अर्थ मन्त्रालयले कर तिर्ने समय सीमा ७ असारसम्म थप गरे पनि पर्याप्त नभएको भन्दै संघले आज बिहीवार प्ले कार्डसहित उद्योग, पसल, कार्यालय अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न आग्रह गरेको थियो। प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उद्योगी, ब्यवसायीले तीन महिनादेखि ब्यापार, व्यावसाय ठप्प भएकोले उक्त समयको कर महशुल मिनाह गर्न माग गरेका छन ।