खोलाले बगाएर ८ वर्षीया बालिकाको ज्यान गयो

२२ जेष्ठ २०७७, बिहीबार ०९:४७

संखुवासभा , संखुवासभाको खाँदवारी नगरपालिका–८ मा खोलाले बगाएर एक बालिकाको ज्यान गएको छ । खोला तर्ने क्रममा खोलाले बगाएर खाँदबारी –८ की ८ वर्षीया कोरीना राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। बुधबार दिउँसो १२ बजे कोरीना र उनका बाबु दिपक राईसहित दोभानटार तर्फ जाँर्दै खोला तर्ने क्रममा अचानक दुबै जना खोलामा लडेर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिनु भयो । बालिकाका बाबु दिपक पौडिएर निस्कन सफल भएका थिए ।