
काठमाडौं , सरकारले कर बुझाउने म्याद थप गरेको छ । चौतर्फी आलोचनापछि सरकारले म्याद थप गरेको हो । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।
यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ ।

