
काठमाडौं , सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अध्यक्ष होम प्रसाद अधिकारीले अहिले भएको कोरोना संक्रमणका कारण यातायात क्षेत्र तहस नहस अबस्थामा पुगेको र सरकारले ल्याएको बजेटमा कुनै प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनु भएको छ । अधिकारीले सरकारले बिगत ७० दिनदेखि बन्दको मारमा परेको यातायात क्षेत्रको समस्या समाधान नगरे सम्पूर्ण सार्वजनिक यातायात अन्तर्गत संचालित गाडीको चावी सरकारलाई बुझाउने चेतावनी दिनु भएको हो ।
उहाँले सरकारले चासो नदिदा यदि लकडाउन खुलिहाले पनि सार्वजनिक यातायात चल्न सक्ने अबस्थामा नभएको बताउनु भयो । सरकार यातायात व्यवसायप्रति गम्भीर नहुनु दुखद भएको उहाँको भनाई थियो ।
