पहिरोले गुल्मीमा १५ घर बिस्थापित

९ असार २०७७, मंगलवार १०:२५

गुल्मी , पहिरोका कारण इस्मा गाउँपालिका–४ दोहलीका १५ घर परिवार बिस्थापित भएका छन्। वडा नम्बर ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारीका अनुसार पहिरोका कारण रातापानीका नौ र खासु गाउँका ६ घर परिवार बिस्थापित भएका छन ।

रातापानीका दलबहादुर घर्ती र धनबहादुर घर्तीको घर पहिरोले बगाएको छ। सोही ठाउँका ओमबहादुर घर्तीको गोठ बगाएको छ। यस्तै, पहिरोले मानबहादुर घर्ती, ईश्वरी घर्ती, रामबहादुर घर्ती, थम्मन घर्ती र मानबहादुर घर्ती बिस्थापित भएका छन । त्यस्तै, खासु गाउँका शिबलाल खासु र चुरामणी खासुसहितका ६ घर पहिरोका कारण बिस्थापित भएका छन्। गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बिस्थापितको एकीकृत व्यवस्थापन गर्न थालिएको बताउनु भयो ।