नेपालको जनसङ्ख्या ३ करोड नाघ्यो

१२ असार २०७७, शुक्रबार १४:५९
Central Bureau of Statistics (CBS)

काठमाण्डौ , नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो ।

तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । १२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।