गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित संख्या १ सय ९७ पुग्यो

३१ जेष्ठ २०७७, शनिबार १०:४२

स्याङ्जा , गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा सङ्क्रमण पुष्टि भएसँगै गण्डकीमा सङ्क्रमितको संख्या १ सय ९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपिनेमा पर्वतका ४ जना र नवलपरासीपूर्वका १ जना रहेकाछन् ।पर्वतको कुस्मा नगरपालिकाका ६ वर्षका बालक र १७ वर्षकी महिला, जलजला गाँउपालिकाका १७ वर्षका पुरुष र महाशिला गाँउपालिकाका १६ वर्षका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपरासी, बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।