शुक्रबार रातिदेखि अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक सञ्चालनमा आयो

९ असार २०७७, मंगलवार १८:५६

अर्घाखाँची , पाँच दिनदेखि अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि अवरुद्ध रहेको सडक अहिले सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । सडक सञ्चालन भएपछि बीच बाटोमा अलपत्र परेका यात्रुहरु गन्तव्यमा जान थालेका छन् ।