भोलीबाट देशभरका सबै मालपोत खुल्ने

काठमाडौं , भोली आइतवार बाट देशभरका सबै मालपोत खुल्ने भएको छ । आइतबारदेखि देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सूचारु गर्न भनेको छ ।

विभागको उक्त सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।


प्रकाशित | २०७७ जेष्ठ २४ प्रकाशित १५:४२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ