कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा

काठमाडौं , सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ ।

९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।

कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको सातौं बैठकको निर्णयअनुसार महालेखा नियन्त्रक कार्यालयले सो रकम निकासा गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।


प्रकाशित | २०७७ असार १६ प्रकाशित ०९:०४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ