आज थप ५५४ जना संक्रमित, कुल संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

१३ असार २०७७, शनिबार १७:२३

काठमाडौं , शनिबार ५५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ५५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १२ हजार ३०९ जना पुगेको छ । पछिल्लो पटक शनिबार ५५४ जना संक्रमित थपिएका हुन् । यसैगरी, २८३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट २८ जनाको मृत्यु भएको छ ।