अव भाइरससँग भागेर होइन, यससँगै लडेर सामना गर्नुपर्दछ !

डा डिआर उपाध्याय,

कोभिड १९ ले विश्वव्यापी त्रास सिर्जना गरेको छ । समयावधि लम्बिँदै गएपछि संसारभर यसको प्रभाव देखिन थालेको छ । यसले विश्व अर्थतन्त्रमा नै हलचल पैदा गरेको छ । यो बिषयले अर्थविद्हरू चिन्तित बनिरहेका छन । आगामी दिन अझ कष्टकर हुने संकेत देखिएको छ । भोकमरी बढ्न सक्ने खतरा छ ।

नेपालमा बन्दाबन्दीले दुई महिना नेटो काटेको छ । यो अवधिमा सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । तयारी बिनाको लामो समयसम्मको लकडाउनले आउँदा दिनमा नेपालमा विकराल अवस्था सिर्जना हुन सक्ने सम्भावना बढेर गएको छ । नेपाल सरकारले लकडाउन घोषणा गर्ना साथ सीमानामा भएका नेपालीलाई स–सम्मान स्वदेश आउन दिई सुविधासम्पन्न क्वारेन्टिनमा व्यवस्थापन गर्न सकेको भए यो अवस्था आउने थिएन की ?


कोभिड १९ का कारण देशमा लकडाउन भएको दुई महिनाभन्दा बढी भएको छ । दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्नेको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ । उद्योगधन्दा, कलकारखाना बन्द हुँदा देशको अर्थतन्त्र नाजुक बन्न थालेको छ । पर्यटन क्षेत्र धराशायी भएको छ । वैदेशिक रोजगारीमा रहेका नागरिक उद्धारको प्रतीक्षामा रहेका छन् । दीर्घरोगी र अन्य विरामी उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका छन् । यस्तो अवस्थामा बन्दाबन्दीलाई लामो समय सम्म लम्बाउन सक्ने अवस्था देखिन्न । विकसित राष्ट्रसमेत नियमित दैनिकीमा फर्कने प्रयास गरिरहेका छन् ।


अब निरन्तर बन्दाबन्दी लम्बाउनुभन्दा नियन्त्रणका लागि सावधानी अँगाल्दै दैनिक जीवनलाई सामान्यीकरण गर्न तयार हुनुपर्ने देखिन्छ । आवश्यक पर्दा सीमित क्षेत्रलाई लकडाउन गर्ने नीति लिई उद्योग, कृषि र अन्य उत्पादनमूलक क्षेत्रलाई खुला नगर्ने हो भने भोलि विद्रोह र आतङ्कको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको मनो बैज्ञानिक तथा बुद्धिजीविहरुले बताइरहेका छन । अव भाइरससँग भागेर होइन, यससँगै लडेर सामना गर्नुपर्दछ ।

चलचित्र भवन, होटल–पार्टीप्यालेस, स्कुल–कलेज, हाट–बजार, सार्वजनिक यातायात जस्ता भिडभाड हुने क्षेत्रबाहेक अन्य क्षेत्रमा पूर्वसतर्कता अँगाल्दै दैनिक काममा फर्कनु नै राम्रो हुन्छ की भन्र्ने मेरो सुझाव हो ।


प्रकाशित | २०७७ जेष्ठ १९ प्रकाशित ०८:५१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ