अर्घाखाँचीमा कोरोना सर्न सक्ने भन्दै तरकारी नष्ट गरियो

१८ जेष्ठ २०७७, आईतवार १५:२५

सन्धिखर्क, अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरिएको छ ।

सन्धिखर्कमा बिगत लामो समय देखि खाद्यान्न तथा तरकारी फलफूलहरु बिक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका संचालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वार्ड न १० बाट बिक्रीवितरणको लागि ल्याइएको हरियो तरकारीहरु कोरोना संक्रमण हुन सक्ने भन्दै नस्ट गरिएको हो ।

कपिलवस्तुबाट बोडि, करेला, लौका, घिरौला, भेन्डी टमाटर र खुर्सानीहरु प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्छ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलीले सदरमुकामको डम्पिङ साइड अउलाखोलामा लगेर नस्ट गरेको छ। यसअघि कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन नपाईने निर्णय गरिएको थियो । स्रोतः अर्घाखाँची डटकम