
काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं सांसद पम्फा भुसालले प्रतिपक्षी दलले दिएको रचनात्मक सुझावलाई समेत समेट्न सुझाव दिनु भएको छ ।
नेपालको गणतन्त्र र संसदीय व्यवस्था नयाँ शासकीय मोडल भएकाले परम्परागत विधिको साङ्लोमा बाँधिन नहुने उहाँले बताउनु भयो ।
कोरोना महामारीको समयमा आएको बजेट आकारमा सानो भएपनि बढी यथार्थपरक रहेको उहाँको भनाई थियो । खर्च कटौतीको प्रस्ताव सकारात्मक रहेको तथा स्वास्थ्यमा ९० अर्ब छुट्याइनु राम्रो रहेको उहाँको धारणा छ ।
