
काठमाडौं , बिहीबार थप १५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज १५६ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या एक हजार ४२ जना पुगेको छ । पछिल्लो पटक बिहीबार दिउँसो १५६ जना संक्रमित थपिएका हुन् । यसैगरी, १८७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालका ५१ जिल्लामा कोरोना संक्रमित भेटिएको प्रवक्ता देवकोटाले बताउनु भयो ।
