सरकारले महामारी नियन्त्रण गर्न प्रभावकारी काम गरिरहेको छः प्रधानमन्त्री ओली

१२ जेष्ठ २०७७, सोमबार १८:१२

काठमाण्डौ , प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट हुन सक्ने डरलाग्दो क्षतिलाई लकडाउनले जोगाएको बताउनु भएको छ । आज राष्ट्रका नाममा सम्वोधन गर्दै उहाँले महामारी नियन्त्रणलाई प्रभावकारी बनाएको बताउनुभयो । उहाँले कोरोनाविरुद्धको लडाइँ निकै लामो र चुनौतीपूर्ण रहेको प्रधानमन्त्रीको भनाई थियो ।

सरकारले महामारी नियन्त्रण गर्न प्रभावकारी काम गरिरहेको पनि बताउनुभयो । लकडाउनले असहज बनाए पनि सङ्क्रमण पहिचान गर्न र सङ्क्रमितको पहिचान गर्न सहज पुर्‍याएको प्रधानमन्त्रीको भनाइ छ ।