प्रधानमन्त्रीले साँझ साढे ५ वजे राष्ट्रका नाममा सम्बोधन गर्दै

१२ जेष्ठ २०७७, सोमबार १६:०८

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ ।

सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।

सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि बताइएको छ । त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।