थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

११ जेष्ठ २०७७, आईतवार १६:३२

काठमाडौं, नेपालमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

आइतबार गरिएको परीक्षणमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनु भयो ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६०३ पुगेको छ।