
काठमाडौं , मुस्लिम समुदायले मनाउने इद उल फित्रका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ। यसअघि यो पर्वका अवसरमा सरकारले आज (आइतबार)का लागि बिदा घोषणा गरेको थियो।
तर, नेपाल र दक्षिण एसियाबाट शनिबार चन्द्रमा नदेखिएको भन्दै मुस्लिम आयोगले बिदाको दिन परिवर्तन गर्न सरकारलाई अनुरोध गरेको थियो। सोही अनुरोधको आधारमा सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गरी बिदाको दिन सच्याइएको जनाएको हो।

