
कपिलबस्तु , कपिलवस्तुका दुई पत्रकारमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान पुष्टि गरेका कपिलवस्तुका ९ जना संक्रमितमध्ये २ जना पत्रकारहरु रहेको खुलेको छ। मन्त्रालयले शुक्रबार पुष्टी गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए।
थपिएका ९ जना मध्ये २ जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । उनीहरू बाणगंगा नगरपालिका–८ का २४ बर्षीय पुरुष र कपिलवस्तु नगरपालिका–३ का २९ बर्षीय पुरुष रहेको खुलेको छ ।
