तास खेल्ने र रक्सी खाने साथीलाई पास बाँडेर प्रजिअहरूले कोरोना फैलाएः बिडारी

७ जेष्ठ २०७७, बुधबार १५:३५

काठमाडौं , राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले यो कोरोना फैलिनुमा प्रजिअहरू पनि दोषी रहेको बताउनु भएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले प्रजिअहरूले आफ्ना तास खेल्ने, रक्सी खाने सबै साथीहरूलाई सवारी पास बाँडेको आरोप पनि लगाउनु भयो ।

उहाँले सरकारले केही मालबाहक सवारीहरू आफ्नो नियन्त्रणमा लिएर सुरक्षा दिई गाउँगाउँमा उत्पादन भएको सामग्री शहर ल्याउने बन्दोबस्ती गर्नुपर्ने पनि बताउनु भयो । ‘सरकारले कम्तीमा १००० भन्दा मालबाहक सवारी साधनहरु आफ्नो नियन्त्रणमा लिएर सुरक्षाका साथ गाउँमा पठाएर गाउँमा उत्पादन भएको सामान शहर ल्याउन पर्‍यो र शहरबाट मल बीउ गाउँ पुर्‍याउन पर्यो यसले भारतीय सामान नेपालमा आउन रोकिन्छ। हामी आत्मनिर्भर बन्न सक्छौँ। आयात घट्छ। सरकारलाई पटक पटक भन्दा सुनेको छैन’ उहाँले भन्नु भयो ।