नेपालमा कोरोना संक्रमित संख्या ३०४ पुग्यो, थप ९ जनामा संक्रमण

५ जेष्ठ २०७७, सोमबार ११:४२

काठमाडौं, नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ। आज देखिएका संक्रमित रौतहट र बाराका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। काठमाडौंमा गरिएको परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक महिलामा संक्रमण देखिको हो। कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। कुल संक्रमित ३ सय चार मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ।