कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा सुरक्षाकर्मीले गोली हान्‍ने अधिकार पाए

२ जेष्ठ २०७७, शुक्रबार १४:०६

काठमाडौं , कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा पक्रनका लागि सुरक्षाकर्मीले गोली हान्‍ने अधिकार पाएका छन्। केही दिनअघि पर्सास्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागेपछि प्रशासनले यस्तो कडा निर्णय गरेको हो।
पर्सास्थित संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा गोली हान्‍ने अधिकार सुरक्षाकर्मीलाई दिने निर्णय गरेको हो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतका अनुसार संक्रमित भागेमा नियन्त्रणमा लिन आवश्यकता अनुसार बोल प्रयोग गर्ने तथा गोलीसमेत चलाउन पाउने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ।