फेरि थपिए कपिलवस्तुमा संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

३१ बैशाख २०७७, बुधबार १५:३७

काठमाडौं , कपिलबस्तु जिल्लामा कोरोनाभाइरस संक्रमितको संख्या ३० पुगेको छ। बुधबार थप एक जना संक्रमित भेटिएसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको परीक्षणमा कपिलबस्तुको कविलबस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। हाल उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।