अर्थमन्त्रीले सांसदलाई हेपेः गगन थापा

३० बैशाख २०७७, मंगलवार १६:५८

काठमाडौं , नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्रीले सांसदलाई हेपेर विनियोजन विधेयकमा कोरोना महामारीका विषयलाई उल्लेख नगरेको आरोप लगाउनु भएको छ ।

बजेटले आशा जन्माउला कि भन्ने अपेक्षा गरेको भए पनि विधेयक पढेपछि त्यो बाँकी नरहने थापाको भनाइ छ ।

‘अर्थमन्त्रीज्यूले दुई दिनअघि प्रस्ताव गर्दा सरकारको कामले कोरोना संक्रमण न्यून छ भनेर प्रस्तुत गरे पनि आज ह्वात्तै बढ्यो । यसले नेपालको अर्थतन्त्रलाई पनि प्रभाव पारेको छ । हाम्रो बजेटले आशा जगाउला कि भन्ने अपेक्षा गरिरहँदा यो डकुमेन्ट हेर्दा त्यो बाँकी रहेन,’ उहाँले भन्नु भयो ।