
काठमाडौं , शताब्दी पुरुष सत्यमोहन जोशी आज एक सय वर्ष पुरा गरी १ सय १ वर्षमा प्रवेश गर्नु भएको छ । नेपाली लोक संस्कृति, कर्णाली लोक संस्कृति, नेपालका पुराना राष्ट्रिय मुद्रालगायतका विषयमा अध्ययन अनुसन्धान गर्नु भएका जोशी नेपाली वाङ्मय क्षेत्रका प्रतिष्ठित साधक हुनुहुन्छ । तीन पटकसम्म मदन पुरस्कार पाउनुभएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक ५, काव्य २ र कथासंग्रह ५ तथा नेवारी भाषाका करिव ५० कृति प्रकाशित छन्। जोशीको वि.स. १९७७ बैशाख ३० गते ललिपुरको बखुम्बहालमा जन्म भएको हो। उहाँले त्रिचन्द्र कलेजबाट स्नातक तह अध्ययन गर्नु भएको छ ।
