लिपुलेकको गतिविधि रोक्नूुः परराष्ट्र मन्त्रालय

२७ बैशाख २०७७, शनिबार १६:३१

काठमाडौं , भारत सरकारले लिपुलेकस्थित नेपाली भूमि हुँदै तिब्बतसम्मको सडक खोलेकोमा नेपाल सरकारले चासो देखाएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै महाकाली नदीपूर्वका सबै क्षेत्र नेपालको भएको जनाएको छ । जहाँ लिपुलेक, लिम्पियाधुरा र कालापानी पर्छन् ।

१८१६ को सुगौली सन्धि बमोजिम त्यस क्षेत्र नेपालको रहेको भन्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई नेपाली भूमिभित्र भएका गतिविधि रोक्न आग्रह गरेको छ ।