सरकारको त्यो नीति भारतपरस्त छः राष्ट्रिय जनमोर्चा

२७ बैशाख २०७७, शनिबार १४:३१

काठमाण्डौ , राष्ट्रिय जनमोर्चाले लिम्पियाधुरा हुँदै मानसरोवरसम्म भारतले सडक निर्माण गरेकोमा भर्त्सना गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर यसबारेमा आफ्नो स्थिति स्पष्ट गर्न सरकारसँग माग गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘भारतीय साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीले लगातार रूपमा विरोध गर्दै आएको छ । तर भारतीय साम्राज्यवादको त्यसप्रकारको नीतिप्रति नेपाल सरकारले कुनै विरोध प्रकट गरेको छैन । सरकारको त्यो नीति भारतपरस्त छ ।’